डोल्पा जिल्लामा आ.व. २०८२/८३ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम यही मिति २०८३ साल असार २९ गते सोमबारका दिन सु-सम्पन्न भयो । कार्यक्रम जिल्ला समन्वय समिति, डोल्पाका प्रमुख श्री श्यामबहादुर रोकाया ज्यूको सभाध्यक्षता तथा कर्णाली प्रदेश सरकार, भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री माननीय शेरबहादुर बुढा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समीक्षा कार्यक्रममा जिल्लास्थित स्थानीय तहहरु, सङ्घीय तथा प्रादेशिक कार्यालयहरु तथा गैरसरकारी संघसंस्थाहरुले यस आ.व. मा सञ्चालित योजनाहरुको भौतिक तथा वित्तीय प्रगति प्रस्तुत गर्नुभई सो उपर पृष्ठपोषण प्रदान गरिएको थियो ।